Sajhamanch Archive

इलाम पुगेनन् प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

इलाम । इलाम आउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा हेलिकोप्टर ल्याण्ड नभएपछि स्थानीयहरू निराश बनेका छन्।

बिहानैदेखि नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा प्रधानमन्त्री ओली आउने भएपछि सयौको संख्यामा स्थानीयबासिन्दा र कार्यकता भेला भएका थिए। प्रधानमन्त्रीको सुरक्षाको चारवटै सुरक्षा निकायको टोली हिजोबाट नै कार्यक्रमस्थलमा परिचालित थिए।

ताप्लेजुङमा कार्यक्रम सकेर प्रधानमन्त्री २ बजे सिमा निरीक्षणको लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीको लागि आइपुग्ने समयसिमा तय थियो। मंसिर ५ र ७ गते २ पटक समय रद्ध भएर आजका लागि तय भएको कार्यक्रममा समेत ओली जौबारी आइपुगेनन्। अपराहन्न साढे १ बजे ताप्लेजुङको घुन्सा र ओलाङचुङगोलाको कार्यक्रम सकेर प्रधानमन्त्री चढेको हेलिकप्टर इलाम तर्फ उडेको थियो।

तर, मौसम प्रतिकुल बनेपछि प्रधानमन्त्री चढेको हेलिकप्टर जौवारी आइनपुगी विराटनगरमा ल्याण्ड भयो।

                                                                                                                              थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *