Sajhamanch Archive

कोभिड १९को कारण भन्दै कुनै पनि योजना नरोक्न मन्त्री श्रेष्ठको निर्देशन

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड १९ का कारण कुनै पनि योजना नरोक्न निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले शहरी विकास मन्त्रालयद्वारा झापामा सन्चालनमा रहेका विभिन्न योजनाको अनुगमन पछि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण रोकिएका योजना र अब सन्चालन गर्ने र नयाँ योजना पनि सम्झौता गरी सुरु गर्ने बताए ।

अनुगमन गर्ने क्रममा कमल गाउँपालिका वडा नम्वर ३ को केर्खा बजार वडा नम्वर ५ को सुरक्षित नागरिक आवास तथा वडा नम्वर ६ स्थित आयुर्वेद अस्पतालको अनुगमन तथा निरिक्षण गरेका थिए ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाका तर्पmबाट निर्माण हुँदै गरेका र निर्माण सम्पन्न भएका योजनाका बारेमा जानकारी गराएकी थिइन् ।

त्यसैगरी गौरादह नगरपालिकामा पेट्रोल पम्पबाट हाट बजार जाने सडक तथा बजारको ढल निकासको मन्त्री श्रेष्ठले अनुगमन गरेका थिए । आफ्नो नगरमा भएको विकास निर्माणका साथै अन्य योजनाका बारेमा गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले मन्त्री श्रेष्ठलाई जानकारी गराए ।

त्यसैगरी दमक नगरपालिकामा सन्चालन भएका दमक वस पार्क, दमक भ्यु टावरको समेत अनुगमन गरिएको थियो ।

मन्त्री सहित नेकपाका नेताले गौरीगञ्ज गाउँपालिकामा निर्माण सम्पन्न भएको हाट बजार र निर्माणाधिन नयाँ शहरको अनुगमन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *