Sajhamanch Archive

अफगानिस्तानमा भएको गृहयुद्धमा २६ हजार बढी बालबालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५ देखि २०१९ सम्म अफगानिस्तानको गृहयुद्धमा २६ हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको उल्लेख छ ।

राष्ट्रसंघको मुख्यालयमा भएको एक कार्यक्रममा सहभागी राष्ट्रहरुले अफगान युद्धका कारण प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । अफगानिस्तानमा शान्ति वार्ता र अमेरिकी सेनाको घर फिर्ता हुनेबारेका गतिविधिहरु अलमलमा परिरहेका बेला हिंसाका घटनाहरु अझै बढीरहेका छन् ।

सेभ द चिल्ड्रेनका अनुसार जारी युद्धका कारण बालबालिकाहरुका लागि विश्वका असुरक्षित ११ राष्ट्रमध्ये अफगानिस्तान पनि एक रहेको छ ।हालै सार्वजनिक भएको एक प्रतिवेदनअनुसार युद्धका कारण सबैभन्दा बढी ज्यान गुमाउने बालबालिका अफगानिस्तानमै रहेको बताइएको छ ।

तालिवान र अन्य विद्रोहीविरुद्ध अमेरिकी सेनाले गरेको कारवाहीका क्रममा ती बालबालिकाहरु मारिएका हुन् । कारवाहीका क्रममा सेनाले विद्यालयहरुमा आक्रमण गर्दा बालबालिकाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *