कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन
Published:
by .विराटनगर । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । संक्रमणका कारण गएराति उनको निधन भएको हो ।
संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए ।
सशस्त्रमा ०६८ सालमा सेवा प्रवेश गरेका इन्सपेक्टर सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा दरबन्दी थियो । उनमा २७ असोजमा संक्रमण पुष्टि भएको थियो ।
Comments