Sajhamanch Archive

जिप दुर्घटना हुँदा पाँचको मृत्यु,चारजना घाइते

Published: in समाज by .

कैलाली । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चारजना घाइते भएका छन् ।

भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका वडा नं.१० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ज्यान गुमाउनेमा ७५ वर्षीया पार्वती चन्द, ७० वर्षीया कलावती चन्द, ७७ वर्षीया भगरिथ पाण्डेय, ७० वर्षीया पार्वती चन्द र ५८ वर्षीय कृष्ण लावड छन् ।

 जिप मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । जिपमा ९ जना सवार थिए । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *