Sajhamanch Archive

कोरोना खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपालीले पाउँछन् : स्वास्थ्यमन्त्री ढकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ ।

विश्वप्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै खोप नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् ।

स्वास्थ्यमन्त्री ढकालले खोपको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताए ।

अहिले परीक्षणका क्रममा रहेका खोपहरू प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको उनले बताए ।

उनले भने, ‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । खोप सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर, कानुनी अफ्ठ्यारो नपरोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो ।खोप अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *