Sajhamanch Archive

जोखिम हेरी सबै देशमा उडान नियमित गर्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ।

आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।

‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ।’

विभिन्न सरकारी कार्यालयमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सिसिएमसीले निर्देशन दिएको छ। सं​क्रमितहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए । संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के-कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *