बिर्तामोडकी उपमेयर प्रसाईलाई कोरोना
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीपछि उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना संक्रमण देखिएको छ ।उनलाई हिजो संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन् ।
होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमै रहेकी छन् । उनलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको श्रीमान् ज्ञानुराम प्रसाईले बताए । नेकपाका नगर अध्यक्ष ज्ञानुराम पनि ओम आइसोलेसनमै बसेका छन् ।
Comments