बस्नेतको मृत्युमा सिम्रिक साकोसद्वारा दुःख व्यक्त
Published: (Updated: )
by .मेचीनगर । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।
संस्थाका शेयर सदस्यहरु ध्रुवबहादुर बस्नेत,दिपेन्द्रकुमार बस्नेत,तारादेवी बस्नेत र कुञ्जुदेवि ढुङ्गाना तथा संस्थामा कार्यरत कर्मचारी सरस्वती तामाङ बस्नेतका ससुराबुबाको निधनप्रति दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको हो ।
संस्थाका कर्मचारी बस्नेतका ससुराको ८२ वर्षको उमेरमा गत मंसीर २ गते निधन भएको थियो । संस्थाले बस्नेतको मृत्युमा ६० हजार मृत्यु राहतसहित समवेदना पत्र प्रदान गरेको हो ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतसहित सञ्चालक र कर्मचारीहरुले आज स्वर्गीय बस्नेतको घर मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उक्त श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख मिनबहादुर अधिकारीले गरेका थिए ।
Comments