Sajhamanch Archive

थप १९४८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१४० जना डिस्चार्ज भएका हुन् । हालसम्म २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *