Sajhamanch Archive

पार्टीमा कोही महामहिम छैन : नेता नेपाल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा कोही महामहिम नभएको टिप्पणी गरेका छन् ।

पार्टीमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र इतर पक्षबीच विवाद चर्किरहेका बेला वीरगञ्ज आएका नेता नेपालले व्यक्तिगत रुपमा कसैको नाम त लिएनन् । तर ओलीतर्फ संकेत गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, पर्साको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नेता नेपालले पार्टी सिस्टम र अनुशासनमा चल्नुपर्ने बताए । ‘पार्टीमा कोही महामहिम छैन’ भन्दै उनले भने ‘पार्टीमा म नै सर्वेसर्वा, अरु सबै पछुवा भन्ने भावनाबाट मुक्त भयौं भने, सबैको मानसम्मान राख्यौं भने, पार्टीको निर्णय मानेर गयो भने जति पनि विवाद समाधान हुन्छन् ।’

यसका लागि ‘मलाई केही गर्‍यो भने यो गरिदिन्छु’, ‘कुर्सी ताक्यो भने कुर्सी नै उडाइदिन्छु’ भन्ने ध्वंसात्मक मानसिकताबाट मुक्त हुनुपर्ने उनले बताए । तर अहिलेको विवादले पार्टी नफुट्ने नेता नेपालले बताए । ‘निराश नहुनुस् कमजोर जगमा उभिएको कम्युनिस्ट पार्टी होइन’ नेता नेपालले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भनेको दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरणप्रति पनि उनले व्यंग्य गरेका छन् । मनमोहन, पुष्पलालहरु पहिलो पुस्ता र आफूहरु दोस्रो पुस्ता भएको उनले बताए । यद्यपि आजीवन सत्ता वा प्रमुख पदमा बस्ने परिपाटी अन्त्य गर्नुपर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *