Sajhamanch Archive

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृति प्रदान

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेकी थिइन् । आर्थिक वर्ष २०७५र७६ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

उनले भनिन, ‘सरकारले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ ।’

मन्त्रिपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ । यसअघि विभिन्न देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर कायम रहिआएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *