देशभर पश्चिमी वायुको प्रभाव, हिमपातको सम्भावना
Published:
by .काठमाण्डौ । देशभर पश्चिमी वायुको प्रभाव परेपछि आज निक्कै चिसो महसुस हन थालेको छ । पश्चिमी वायुको प्रभावसँगै केही स्थानमा हिमापातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Comments