Sajhamanch Archive

शिवसताक्षीमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै शिवसताक्षीमा कोरानाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

शिवसताक्षी वडा नं. ९ निवासी ७२ वर्षीय बृद्धको विर्तामोड स्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

उपचार पूर्व अस्पतालले गरेको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । बृद्धमा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।
उनको सब नेपाली सेनाको टोलीले ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *