Sajhamanch Archive

झापामा थप ७४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यांलय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार बिहीबार ३० महिला र ४४ पुरुषमा कोरोना संंक्रमण भएको हो ।

आजका संक्रमितहरुमा दमकमा १५, बिर्तामोडमा १४, अर्जुनधारामा ८, कन्काईमा ७, मेचीनगरमा ६, भद्रपुर र शिवसताक्षीमा ४/४ जना रहेका छन् ।

त्यस्तै बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २/२ जना, गौरादहमा १ जना र पालिका नखुलेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

झापामा आज थप दुईजना कोरोना संक्रमितको निधन भएको छ ।

मृत्यु हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नं.८ का ७९ बर्षीय पुरुष र शिवसताक्षी नगरपालिका वडा नं.९ का ७२ बर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *