Sajhamanch Archive

चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल र कुमाले खोलामा पक्की पुल बन्ने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

कमल । चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल र कुमाले खोलामा पक्की पुल निर्माण हुने भएको छ ।

प्रत्येक स्थानिय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार आगामी मंसिर १५ गते चुलाचुली गाउँपालिका वडा नम्वर २ स्थित बागोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिल्यान्यास गर्ने कार्यक्रम रहेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिए ।

त्यसैगरी मन्त्री रानाले वडा नम्वर १ र २ को सिमानामा पर्ने कुमाले खोलामा निर्माण हुन लागेको पक्की पुलको समेत शिल्यान्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले बताए ।

निर्माण हुनलागेको अस्पतालको लागत १८ करोड ६ लाख रुपैयामा रहेको छ भने पुलको निर्माण लागत ३ करोड ३१ लाख ८३ हजार ९२२ रुपैया रहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिए ।

गाउँपालिकाका ठुला र निर्माण सुरु गरिएका योजना
गाउँपालिकाले चालु आर्थिक वर्षमा सुरुगरेका योजना मध्ये हिमाली मार्ग हुदै तिनकुने पोखरी सम्म जाने १ करोड रुपैयाको लागतमा ८ सय मिटरको कालोपत्रे सडकको सम्पुर्ण प्रक्रिया पुरागरी क्रमागत योजनामा निर्माण सुरु गर्ने तयारीमा रहेको छ । त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवन देखि सिम्ले सम्म जाने सडक १ करोड रुपैयाको लागतमा ८ सय मिटर सडकको समेत सम्पुर्ण प्रकृया पुराभएको अधिकृत राईले बताए ।

त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवनको दोश्रो तलाको निर्माणका लागी १ करोड ७१ लाख रुपैयामा निर्माण सुरुगरिने छ भने वडा नम्वर १,३,४ र ५ को वडा कार्यालय भवन निर्माण स्थालको ८० लाख रुपैयाको लागतमा घेरावार गर्ने को कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *