Sajhamanch Archive

उदयपुर-खोटाङ जोड्न सुनकोशीमा बेलिब्रिज निर्माण सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

उदयपुर । उदयपुर र खोटाङबीच यातायात सेवा जोड्न सुनकोशी नदीमा बेलिब्रिज लगाउन सुरु भएको छ।

उदयपुरको रौतामाई गाउँपालिका वडा नं.५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका वडा नं.९ लिच्कीराम्चेको सिमाना सुनकोशी नदीमा बेलिब्रिज जडान गर्ने काम धमाधम सुरु भएको छ। बेलिब्रिज जडान मंसिरमै सक्ने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर गोपाल खकुरेलले बताए।

खकुरेलका अनुसार बेलिब्रिज जडानका लागि दशैँअघि नै ठेक्का प्रक्रिया टुंग्याइएकाले तिहारलगत्तै ठेकेदार कम्पनीले जडानको काम थालेको हो। रेग्मी निर्माण सेवाले ८४ लाख रुपैयाँमा बेलिब्रिज जडान गर्ने ठेक्का लिएको हो। अहिले बेलिब्रिज नहुँदा उदयपुर र खोटाङको गाडी कोशीवारिको वारि नै र पारिको पारि नै रोकिएका छन्।

बेलिब्रिजका आवश्यक सामानहरु फोक्सिङटारमा लगिएको र धमाधम काम सुरु भइसकेको सडक डिभिजन कार्यालय गाईघाटले जनाएको छ। हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा ६ वर्षअघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाईको अस्थायी बेलिब्रिज लगाइँदै आइएको छ। अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक ८० लाख रुपैयाँको हाराहारीमा रकम खर्च हुँदै आएको छ।

                                                                                                                थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *