Sajhamanch Archive

म्याराडोनालाई पेलेको श्रद्धाञ्जली-हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ

Published: in खेलकुद by .

एजेन्सी । विश्व फुटबलका एक उत्कृष्ट खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भयो । म्याराडोना र ब्राजिलियन पेले विश्व पुटबलको सर्वकालीन महान खेलाडी हुन् ।

यी दुई खेलाडी आफ्नो समयमा विश्वकै सर्वश्रेष्ठ खेलाडी थिए । मैदानमा जति राइभलरी भए पनि यी दुईबीच मैत्री भाव थियो र सम्मान पनि थियो ।

आफ्ना समकक्षी लेजेण्ड खेलाडीको निधनमा पेलेले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘निश्चय नै एकदिन हामी दुवै सँगै आकाशमा बल खेल्नेछौं, डिएगो । तिमीजस्तो साथी गुमाउनु निकै दुःखदायी क्षण हो,’ पेलेले भनेका छन् ।

पेलेले आफ्नो प्रतिनिधिमार्फत रोएटर्सलाई आफ्नो स्टेटमेन्ट दिएका हुन्। म्याराडोनाले आफ्नै कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।म्याराडोनाको निधनप्रति विश्व खेलकुद जगतदेखि अन्य क्षेत्रका विभिन्न व्यक्तिहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *