Sajhamanch Archive

अफगानिस्तानमा कैदीबन्दी हत्याको आरोप लागेका अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त

Published: in विश्व समाचार by .

अष्ट्रेलियाले अफगान नागरिकको हत्याको आरोप लागेका आफ्ना सैनिकमाथि कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ ।गतहप्ता मात्र अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाको सुरक्षा फौजले गत वर्ष त्यहाँका नागरिकको हत्याका लागि सहयोग गरेको प्रतिवेदन सार्वजनिक भएको थियो । सोही प्रतिवेदनका आधारमा घटनाको बारेमा थप छाननिवका लागि भन्दै अष्ट्रेलियाले आरोप लागेका १० जना सैनिकलाई वर्खास्त गरेर अनुसन्धानका लागि सहयोग गरेको जनाएको छ ।

आफ्ना सैनिक अधिकारीहरुविरुद्ध हत्याको आरोप लागेसँगै अष्ट्रेलियाली प्रधानमन्त्री तथा उच्च सैनिक अधिकारीहरुले माफीसमेत मागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।घटनामा संलग्न भएको आरोपमा दुई जना सैनिक यसअघि नै बर्खास्त भइसकेको समाचारमा जनाइएको छ ।उक्त प्रतिवेदनमा अफगान कैदीहरुको हत्यामा अष्ट्रेलियाका सैनिकहरुले नै सहयोग गरेको दावी गरिएको छ ।

प्रतिवेदनअनुसार २५ वटा घटनामा २ विशेष सुरक्षा फोर्सको संलग्नता रहेको औंल्याइएको छ । यस वर्षको सुरुमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानमा द्वन्द्वमा विदेशी सेनाले गरेको युद्ध अपराधको बारेमा छानविन सुरु गरेको थियो । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *