Sajhamanch Archive

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु

Published: in समाज, स्वास्थ्य by .

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

मोरङको बेलबारी घर भएका ती पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

डायबिटिज र ब्लड प्रेसरको समस्या रहेका ती पुरुष यही मंसिर २ गते अस्पताल भर्ना भएका थिए । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।   

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *