कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु
Published:
by .मोरङ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ । बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति मृत्यु भएको हो ।
मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
Comments