साइकलयात्री भद्रपुरकी श्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन
Published:
by .विर्तामोड । जिल्ला प्रहरी कार्यालय मोरङले लैङ्गिक हिंसा विरुद्धकी अभियन्ता भद्रपुरकी श्वेता श्रेष्ठलाई अभिनन्दन गरेको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यवद्दता भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको १६ दिने अभियानको क्रममा श्रेष्ठलाई बिहीबार सम्मान गरिएको हो ।
श्रेष्ठ ‘इम्पावर वुमेन ट्राभल’भन्ने मूल नाराका साथ मेची–महाकाली साईकल यात्रामा निस्किएकी छिन् । झापा भद्रपुर नगरपालिका ६ निवासी लैङ्गिक हिंसा विरुद्धकी अभियन्ता श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा प्रहरी उपरीक्षक सन्तोष खड्काले अभिनन्दन तथा शुभकामना प्रदान गरेका हुन् ।
Comments