सविनसँग एकसाथ हिड्न चाहने वर्षा
Published:
by .नेपाली चलचित्रका कलाकारहरुमध्ये कतिपयले आफ्नो प्रेम जीवन गोप्य राख्न चाहन्छन् । कतिपय भने प्रेममा रहेपछि प्रेमलाई खुलेरै व्यक्त गर्छन् । नेपालमा हुँदा आफ्नो प्रेम जीवनको बिषयमा खासै नबोलेकी नायिका वर्षा सिवाकोटी अमेरिका पुगेपछि भने खुलेकी छिन् ।
अमेरिकामा रहेका सविनजंग थापासँग वर्षा प्रेममा छिन् । उनीहरु नजिक भएको १ बर्ष भयो । तर, यसपटक अमेरिका पुगेकी वर्षाले भने सविनसँगको प्रेमलाई खुलेरै व्यक्त गरिरहेकी छिन् । यसले पनि सविन र वर्षाको प्रेम झनै बलियो बनेको र उनीहरु जीवनको नयाँ यात्रा गर्ने सोचमा पुगेको वुझ्न सकिन्छ ।
वर्षाले सामाजिक संजालमा लेखेकी छिन्–‘समस्या उत्पन्न गर्ने यो सडकमा केही समयका लागि म एक्लै थिएँ । तर, यो समय एकसाथ अगाडि बढ्ने र यात्रालाई रोमाञ्चक र उत्साहपूर्ण बनाउने हो । यसका लागि तयार हुनुहोस् ।’
वर्षाले आफूले केही समय जीवनमा एक्लै अगाडि बढेको र सो समयमा विभिन्न वाधा आएपनि सविनसँगको साथले अब जीवनलाई रोमाञ्चित बनाउन चाहेको उल्लेख गरेकी छिन् ।
Comments