Sajhamanch Archive

झापामा थप ८६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापामा आज थप ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३१ महिला र ५५ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ९ महिलासहित २६ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ९ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा ३ महिलासहित १३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, बुद्धशान्ति गाउँपालिकामा ३ जना महिला, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, गौरादह नगरपालिकामा १ जना महिला, झापा गाउँपालिकामा १ महिलासहित २ जना, हल्दीबारी गाउँपालिकामा १ जना पुरुष, गौरीगञ्ज गाउँपालिकामा १ जना महिला, बाह्रदशी गाउँपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेका ४ महिलासहित ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *