Sajhamanch Archive

भारतमाथि अष्ट्रेलियाको सानदार जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

सिड्नीमा घरेलु टोलीले दिएको ३७५ रनको बलियो लक्ष्य भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन  बनायो । भारतका लागि हार्दिक पाड्या र शिखर धावनले अर्धशकीय पारी खेले । ७६ बल खेलेका हार्दिकले ९० रन बनाए । त्यस्तै ८६ बल खेलेका धावनले ७४ रनको योगदान गरे ।

भारतका लागि नवदिव शैनीले २९ रन बनाउँदा रविन्द्र जडेजाले २५ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका लागि आदम जाम्पाले सर्वाधिक चार विकेट लिए । त्यस्तै जोस हाजेलवडले तीन विकेट लिँदा मिचेल स्टार्कले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७४ रन बनाएको हो । भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलियाको बलियो लक्ष्यका लागि फिन्च र स्मिथले शतकीय पारी खेले । १२४ बल खेलेका फिन्चले ११४ रनको योगदान गरे ।

त्यस्तै ६६ बल खेलेका स्मिथले १०५ रन बनाएका हुन् ।अस्ट्रेलियाका लागि डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ६९ रन बनाए । त्यस्तै गेलेन म्याक्सवेलले ४५ रन बनाउँदा आलेक्स केरीले १७ रनको योगदान गरे ।

बलिङतर्फ भारतका लागि मोहमद स्वामीले सार्वधिक तीन विकेट लिए । त्यस्तै जसप्रित बुम्राहा, नाविद सैनी र युजभेन्द्र चहालले समान एक-एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *