Sajhamanch Archive

भद्रपुर नगरपालिकाका एक बृद्धको कोरोनाका कारण मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । भद्रपुर नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भद्रपुर ४ का ७७ वर्षिय मइतबहादुर लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा आज मध्यान्ह मृत्यु भएको हो ।

उनको शुक्रबार पिसिआर परीक्षण गरिएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । तर उनको मृत्यु भएपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो।

उनको शवलाई घर नजिकैको मायालु सामुदायिक वनमा नेपाली सेनाले गाढेर अन्त्येष्टि गरेको भट्टराईले जनाए । योसँगै भद्रपुरमा कोरोनावाट मृत्यु हुनेको संख्या १२ र जिल्लामा १०६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *