Sajhamanch Archive

नेकपा सचिवालय बैठक आज बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठक पार्टीभित्रको विद्यमान विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

आजको बैठकमा प्रचण्डको प्रस्तावको जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले पेश गर्नेछन् । यसकै लागि मंसिर ३ गतेबाट आजसम्मका लागि बैठक सारिएको थियो । प्रतिवेदनमा पार्टीभित्रको गतिरोधको निकासदेखि महाधिवेशसम्मका विषय समावेश गरिएको स्रोतले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *