Sajhamanch Archive

चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउँदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि भोलि नेपाल आउँदै छन् ।

स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हो भोलि बिहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आउन लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *