Sajhamanch Archive

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा चारजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ सिमरास्थित जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा चारजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ ।

सर्लाहीको सक्रौल गाउँपालिका वडा नं.६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका हुन् । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका वडा नं.५ बस्ने २८ वर्षीय मुकेश साह सामान्य घाइते छन् । आलम र यादवको तराई अस्पताल सिमरामा र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शनिबार बिहान पौने १ बजे फलाम गलाउने भट्टी अचानक पड्किँदा भट्टीमा काम गरिरहेका उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

                                                                                                                  अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *