Sajhamanch Archive

वर्षा राउतलाई सोल्टिनी भन्दै पछि लागे पल शाह

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मेरी सोल्टिनी’मा किरण भुजेल र गायिका गीता शर्माको स्वर रहेको छ । भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ ।

फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ । जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् ।

निर्देशक गम्भीर विष्टले निकै मेहेनत गरेका उक्त गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *