Sajhamanch Archive

प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । जसमा सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १० जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहबी र रामधुनीमा २-२, भोक्राहा नरसिंहमा १, झापाको दमकमा २२, बिर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बाह्रदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैंचामा ४-४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनवर्षीमा २-२, केराबारी, रंगेली र ग्रामथानमा १-१ जनामा संक्रमण देखिएको छ ।

उता इलामको सूर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १-१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १-१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १-१, ताप्लेजुङको फुङलिङ, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८५९ पुगेको छ ।

प्रदेश १ मा शनिबार ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आइसोलेसनका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ७६२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *