Sajhamanch Archive

मेची नगरमा वडा कार्यालय भवन उद्घाटन तथा निशुल्क कम्प्युटर शिक्षा

Published: (Updated: ) in स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले २१ औँ शताव्दी विज्ञान र प्रविधिको युग भएकाले हरेक मानिस प्रविधिमैत्री बन्न जरुरी रहेको औल्याएका छन् ।

शुक्रबारदेखि नगरको ४ नम्बर वडाले शुरु गरेको निःशुल्क कम्प्युटर शिक्षा र नवनिर्मित वडा कार्यालयको भवन समुदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त आवश्यकता औल्याएका हुन् ।

प्रत्येक मानिस सवैकुरामा जसरी आत्मनिर्भर हुन जरुरी छ, त्यसैगरी प्रविधिमा पनि आत्मनिर्भर हुन जरुरी रहेको उनको जोड थियो । जस्ले आफुलाई प्रविधिमैत्री बनाउन सक्दैन उ हरेक कुरामा पछि पर्ने प्रस्ट पार्दै नगर प्रमुख आचार्यले कुनै पनि मानिसको हातमा जस्तोसुकै सीप भएपनि विश्वका कुनै कुनामा पुगे पनि उस्ले दुःख नपाउने धारणा राखेका थिए ।

सवै कुरामा परनिर्भर हुनु नहुँने भन्र्दै उनले सभ्य समाज निर्माणका लागि पनि हरेक मानिसका हातमा कुनै न कुनै सीप अनिवार्य रहेको उनको भनाई छ । सधै सकरात्मक सोचले मात्र मानिस लक्ष्यमा पुग्ने भन्र्दै प्रमुख आचार्यले लक्ष्यमा पुग्न आत्मविश्वास र धर्यताको खाँचो पर्ने बताए ।

उपप्रमुख मिना पोखरेल उप्रेतीले विश्वले हरेक दिन नयाँ नयाँ प्रविधिमा फड्को मारिरहेकाले जता जता प्रविधि जान्छ,उता उता हरेकले हात पुर्याउनुपर्ने बताईन् । सीपले मानिसलाई कहिल्यै पनि वेरोजगार नवनाउने भन्र्दै उपप्रमुख उप्रेतीले तर, सीप सिक्न चाँहि उसमा आत्मविश्वास, लग्नशीलता र मिहेनत चाहिने विचार व्यक्त गरीन ।

सीकेको सीपलाई व्यवहारमा उतार्न नसक्दा पनि समस्या पर्ने भएकाले जस्ले जहाँ जहाँ जस्तो जस्तो सीप सीकेको छ उस्ले तत्काल व्यवहारमा उतार्न पनि उनले आग्रह गरीन् । मानिसमा कुनै पनि सीप भए व्यरोजगार बस्नु नपर्ने र रोजगारको अवसर प्राप्त भए आर्थिकरुपमा मजवुत हुने बताईन् । नवनिर्मित ५ कोठे पक्की भवन तथा कम्प्युटर शिक्षाको प्रमुख तथा उपप्रमुखले रिवन काटेर तथा कम्प्युटरको माउस चलाएर संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

वडा कार्यालयको वजेटबाट वडा कार्यालयले स्थानीयलाई कम्प्युटरको शिक्षा लिनका लागि टाढा जानु नपरोस भन्ने उद्देश्यले करिव ४ लाख ५० हजार रुपैयाँको लागतमा कम्पयुटर शिक्षा सञ्चालनमा ल्याएको वडाध्यक्ष नवीन वरालले बताए । विहानी तथा दिउसो सत्रगरी एकपटकमा २० जनालाई सिकाउने गरी व्यवस्था मिलाईएको छ । पहिलो चरणमा २ महिनासम्म यो अभियान सञ्चालन हुने र थप विद्यार्थी भए पुनः कक्षा सञ्चालन गरिने वडाध्यक्ष वरालले बताए ।

हाल व्यवस्थितरुपमा ४० थान कम्प्युटर सेट राखिएको छ । एक पटकमा २० जनालाई सिकाइने छ । प्रशिक्षार्थीहरुसँग वडाले फारम दस्तुर वापत १ सय रुपैयाँ बाहेक अन्य केही पनि नलिएको उनको भनाई छ । उनीहरुलाई कम्प्युटर प्राविधिक अनन्त दाहालले प्रशिक्षण दिने छन् । हालसमम १ सय २० जनाले फारम भरी कक्षाको तयारमिा छन् ।

सोहि अवसरमा वडाध्यक्ष नविन वरालले नगरपालिकाबाट आफ्नो पारिश्रमिकबाट प्राप्त भएको कुल ६५ हजार रुपैयाँको चेक सरस्वती माविलाई सहयोग स्वरुप हस्तानतरण गरेका थिए । साथै वडाले वडा स्तररमा खेलकुदलाई प्रवद्र्धन र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले सामुदायिक सरस्वती, पशुपति मावि तथा दिपेन्द्र प्राविलाई फुटबल, भलिवलसहित अन्य खेलकुदका सामाग्री प्रदान गरिएको थियो ।

वडाध्यक्ष वरालले सभापतिको आसनबाट कार्यक्रमको औचित्यमाथि प्रकास र स्वागत गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य कृष्ण कनाल नेकपाका नेता मेघराज खड्कालगायतले बोलेका थिए । वडा सचिव कृष्णप्रसाद न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा विभिन्न संघ संस्था दलका प्रमुख प्रतिनिधि सुरक्षाकर्मी, शिक्षक विद्यार्थीसहित सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *