Sajhamanch Archive

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र सरकारी सेनाको कब्जामा आएको प्रधानमन्त्रीको दाबी

Published: in विश्व समाचार by .

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गरे । इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीकोे भनाइ छ ।

विगत तीन सातादेपखको संघर्ष अन्त्य गर्न सरकारले विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो । विद्रोही र सरकारी सेनाबीच जारी संघर्षका कारण सयौंको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।

सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन् ।यता विद्रोही समूहले भने सरकारी चेतावनीको प्रतिकार गर्ने जनाएको छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *