नेपाल सरकार र स्वीस सरकारबीच प्रदेश १ को कृषि बजार रुपान्तरण गर्न सहकार्य
Published:
by .काठमाडौं । नेपाल कृषि बजार कार्यक्रम (एनएमडीपी) दोस्रो चरणलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापलरबीच सम्झौतामा हस्ताक्षर भएको छ । स्वीजरल्यान्डले चारवर्षे कार्यक्रमको लागि स्वीस फ्र्याङ्क ९.५४ मिलियन सहयोग गर्ने छ ।
प्रदेश १ मा कृषि बजारको सफल रुपान्तरणको माध्यमबाट रोजगार सिर्जना गर्न र किसानहरुको आम्दानी बढाउन केन्द्रित हुने बताइएको छ । यस परियोजनाले एहजार नयाँ रोजगारी सिर्जना गर्नेछ भने २० हजार किसानलाई खेती आम्दानीमार्फत लाभान्वित गर्ने भएको छ ।
Comments