Sajhamanch Archive

अफगानिस्तानमा आत्मघाती कार बम आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु

Published: in विश्व समाचार by .

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए ।

उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए। घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिए । तर उनले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहनु भएन । उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *