Sajhamanch Archive

आन्दोलनरत कर्मचारीले लगाए वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा ताला

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । ४२ दिनसम्म आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै वीर अस्पतालका आन्दोलनरत कर्मचारीहरुले अस्पताल पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् ।

कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि पधाधिकारीको बाटो छेक्ने काम गरेका थिए । ४२ दिनदेखि हरेक दिन दैनिक १ घण्टा आन्दोलन गर्दा मागको बारेमा सुनुवाई नभएपछि अस्पताल पधाधिकारी, लेखा र खरीद इकाइ कक्षमा ताला लगाइएको आन्दोलनमा सहभागी तथा नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । वीर अस्पतालमा आन्दोलन चलिरहेपनि अस्पतालको सेवा भने रोकिएको छैन ।

‘हामी यहाँ आन्दोलन गर्दा अस्पतालका कर्मचारीहरु बाहिर होटलमा गएर कागजी काम गर्ने भएकाले बाध्य भएर ताला लगाएका हौ,’ आचार्यले भने, ‘तर, सेवा अवरुद्ध गरेका छैनौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *