Sajhamanch Archive

झापामा थप ४१ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र २४ जना पुरुष रहेका छन् ।

संक्रमितहरुमा झापा गाउँपालिकाका १४ जना,दमक नगरपालिकाका ९ जना र अर्जुनधारा नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकामा २/२ जना र कमल, कनकाई, गौरादह, गौरीगञ्ज तथा पालिका नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ८१४ जना पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ४९८ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *