Sajhamanch Archive

एक खेल अगावै अस्ट्रेलियाले जित्यो सिरिज

Published: in खेलकुद by .

एजेन्सी । स्टिभ स्मिथको शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्धतले दोस्रो एकदिवसीयमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ ।

सिड्नीमा आइतबार भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ३९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाए । यस्तै केएल राहुलले ७६ रन बनाए भने श्रेयास ऐरले ३८, शिखर धवनले ३० तथा मायांक अग्रवाल र हार्दिक पाण्ड्याले समान २८- २८ रन जोडे ।

अस्ट्रेलियाका लागि बलिङमा प्याट कमिङ्सले ३ विकेट लिए । यस्तै जोस हाजेलउड र एडम जाम्पाले २-२ र मोएसिस अनरिकेज र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि लगातार दोस्रो खेलमा शतक बनाउने क्रममा स्मिथले १०४ रन बनाए । वार्नरले ८३ र फिन्चले ६० रन जोडे ।

यस्तै मार्नुस लाबुसचेनले ७० रनको योगदान गरे । ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै २९ बलमा अविजित ६३ रन बनाए । भारतका लागि मोहम्मद शामी, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *