Sajhamanch Archive

कुकुरसँग खेल्दै गर्दा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा भाँचियो

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन आफ्नो कुकुरसँग खेल्दै गर्दा दुर्घटनाको सिकार भएका छन् । उनको दायाँ खुट्टाको हड्डी सामान्य चर्केको र आगामी कयौं हप्तासम्म बिना सहारा उनी हिँडडुल गर्न नसक्ने बताइएको छ । घटनाको बेला बाइडेन आफनो जर्मन सेफर्ड कुकुर मेजरसँग खेलिरहेका थिए । बाइडेनसँग यो प्रजातीका दुई कुकुर छन् । यसबीच उक्त दुर्घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बाइडेनका निजि चिकित्सक केविन ओ कर्नरले राष्ट्रपति निर्वाचित बाइडेनको खुट्टा सामान्य सुनिएको र एक्सरे त्यस्तो केही नदेखिएको बताए । तर पछि सीटी स्क्यानबाट बाइडेनको दाहिने खुट्टाको हड्डी चर्केको पत्ता लागेको उनले बताए । यसले उनलाई सामान्य हिँडडुलमा समस्या हुने र कयौं हप्तासम्म सहाराको आवश्यक हुने उनले जानकारी दिए । ७८ बर्षका बाइडेनको नेवार्कमा विशेषज्ञहरुको निगरानीमा आइतबार एक घन्टासम्म उपचार भएको थियो ।

अमेरिकी राष्ट्रपति चुनावमा जीतपछि अब जनवरी २० मा बाइडेनले राष्ट्रपति पदको सपथ लिनेछ । उनले आफ्ना मन्त्रीहरु चयन गरिसकेका छन् ।राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया अगाडी बढाउन मार्ग प्रसस्त गरेर अस्विकार गर्दै आइरहेको चुनावी नतिजालाई विस्तारै विस्तारै स्विकार गरिरहेको छ ।एजेन्सी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *