Sajhamanch Archive

निजी क्षेत्रसँगको सहकार्यबाटै अगाडि बढ्छौं : अर्थमन्त्री पौडेल

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडले अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले ध्यान दिने बताए । त्यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उनले बताए । “सरकार अग्रभागमा रहने भएपनि निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुन्छ,” उनले भने ।

कोभिडले सिर्जना गरेका चुनौतिको सामना गर्दै लगानी वृद्धि गर्ने, रोजगारी सिर्जना एवं उत्पादन बृद्धिमा ध्यान दिइनुपर्ने उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउँदै अगाडि बढाउन सरकार केन्द्रित रहेको उनले बताए ।

                                                                                             बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *