प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ जना डिस्चार्ज
Published: (Updated: )
by .विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५-५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३-३, सुन्दरहरैचा र कानेपोखरीमा २-२, रंगेली, ग्रामथान र लेटाङमा १-१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४-४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
त्यसैगरी झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३-३, मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २-२, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
उता ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङवरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १-१ जना संक्रमित थपिएका छन्।
धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २-२, शहिदभूमीमा १, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १, भोजपुरमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ।
प्रदेश १ मा सोमबार १०२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १०० र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २८५ पुगेको छ।
Comments