Sajhamanch Archive

मन्त्री कार्कीद्वारा कमलमा १५ शैयाको अस्पतालको शिलान्यान्स

Published: (Updated: ) in विविधा by .

कमल । सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरेको छ ।

आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरेको हो ।

त्यसै क्रममा झापाको कमल गाउँपालिकामा वडा २ मा अस्पतालको प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शिल्यान्यास गरेका छन् ।

अस्पतालको शिल्यान्यासका क्रममा बोल्दै मन्त्री कार्कीले दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरी जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकामा निर्माण हुन लागेकाले १५ शैयाको अस्पतालले यस क्षेत्रका बासिन्दाले स्वास्थ्य उपचारका टाडा गएर महँगो खर्च गर्न नपर्ने बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा भइसकेको बताइएको छ ।
पाँच शैयाको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शैयाकोे अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शैयाका अस्पताल बनाउने उल्लेख छ । तर सबै स्थानीय तहहरुमा १५ शैयाको अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *