Sajhamanch Archive

झापामा थप ४७ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १८ महिला र २९ जना पुरुष रहेका छन् ।

दमक नगरपालिकामा १ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ महिलासहित ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यस्तै शिवसताक्षी नगरपालिकामा १ महिलासहित ४ जना, झापा गाउँपालिकामा १ महिलासहित २ जना, गौरादह नगरपालिकामा २ जना महिला, बुद्धशान्ति गाउँपालिकामा ३ जना पुरुष र अन्य पालिका नखुलेकोमा १ महिलासहित ४ जना संक्रमित रहेको उनले जानकारी दिए ।

आज मृत्यु हुनेमा एकजना पुरुष छन् । जसमा भद्रपुर नगरपालिका वडा नं.९ का ७६ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *