Sajhamanch Archive

आगामी तीन दिनको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति गण्डकी, बाग्मती र प्रदेश नं.१ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, बुधबार दिउँसो बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । बुधबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, बिहीबार दिउँसो गण्डकी, बाग्मती र प्रदेश नं.१ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *