Sajhamanch Archive

सचिवालयमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, भोलि फेरि बस्‍ने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ।

आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्ने उनले बताए।

प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *