Sajhamanch Archive

केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।

केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो ।

केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केरला सरकारले कासरगोडबाहेक सबै जिल्लामा रेड अलर्ट जारी गरेको छ । मौसम विभागले अझै केही दिन बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन अपील गरेको छ ।

केरलाका मुख्य मन्त्री पिनराई विजयनले उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् । उनले बाढीमा फसिरहेकाहरुको सूचना दिएर उद्धारमा सहयोग गर्नसमेत अपील गरेका छन् । बाढीबाट विस्थापित भएका दुई लाखलाई शिविरमा राखिएको छ ।

केरला सरकारले बाढी प्रभावितका लागि ५ लाख अट्ने शिविर निर्माण गरेकोमा दुई लाख मानिस जम्मा भइसकेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *