Sajhamanch Archive

देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : अध्यक्ष थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्। उनले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्रियामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताए। ‘कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको छ’, उनले भने, ‘वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने गरि अघि बढ्न आवश्यक छ।’

मुलुकमा ब्याप्त भ्रष्टाचार,बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको उनले बताए। ‘अब हामीले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिनुपर्छ’, उनले थपे ।

हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको उनले बताए। ‘जनताले परिवर्तनको चाहना गरेकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउनुपर्छ’, उनले भने, ‘महाधिवेशनलाई सफलतापूर्वक सम्पन्‍न गर्न समय सीमाभित्र कार्य सम्पादन गर्नुस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *