Sajhamanch Archive

काँकडभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाइयो

Published: (Updated: ) in समाज, स्थानीय तह by .

मेचीनगर । व्यवसायीको विरोधपछि पूर्वी नाका काँकडभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाइएको छ ।

कोरोना भाइरस महामारीपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिका वडा नं.६ स्थित काँकडभिट्टा माविको खेल मैदानमा राखिएको होल्डिङ सेन्टर मंगलबार हटाइएको हो ।

भारतबाट आउने नागरिकलाई लक्षित गरी होल्डिङ सेन्टर जिल्ला प्रशासन कार्यालय झापाले स्थापना गरेको थियो। होटेल व्यवसायी संघ मेचीनगर र ट्राभल्स संघ झापाले होल्डिङ सेन्टर हटाउनुपर्ने र नाका खोल्नुपर्ने माग राख्दै सीमा नाकामा प्रदर्शन गरेका थिए ।

दबाबपछि प्रशासनले अन्ततः होल्डिङ सेन्टर हटाएको हो। होल्डिङ सेन्टर हटाएलगत्तै मेची भन्सार कार्यालयको गेटमै हेल्थ डेस्क व्यवस्था गरिएको छ।

सोही डेस्कमा प्रशासनको सहकार्यमा प्रारम्भिक स्वास्थ्य चेकजाँच गरी नेपाल प्रवेश गराई गन्तव्यतर्फ पठाइने भएको छ। यसअघि पिसिआर रिपोर्ट र स्थानीय तहको सिफारिस नभएका नागरिकलाई होल्डिङ सेन्टरमा पठाउने र त्यहाँबाट गन्तव्यतर्फ पठाइने गरिन्थ्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *