Sajhamanch Archive

रियल म्याड्रिड शाख्तारसँग पराजित

Published: in खेलकुद by .

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूूह चरणको पाँचौ खेलमा पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा रियल साक्तर डोनेस्कसँग २–० गोल अन्तरले पराजित भएको हो ।

साक्तरलाई जित दिलाउन डेन्टिन्हो र मानोर ससोलोमोनले एक एक गोल गरे । साक्तरले दुबै गोेल दोस्र्रो हाफमा गरेको हो । खेलको ५७ औं मिनेटमा डेटिन्होले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यस्तै ८२ औं मिनेटमा मानोरले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *