सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयो
Published:
by .सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएको छ । घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
मृतकको शव राजविराजमा रहेको गजेन्द्रनारायण सिंह, अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Comments